नेपालले आज साफ यु-१९ च्याम्पियनशिपमा भारतसँग खेल्दैछ ।

भारतको गोल्डेन जुब्ली रंगशालामा खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

नेपाल र भारत दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । गत आइतबार भएको समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध ५-० को जित हात पार्दै नेपाल एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको थियो । भारतले श्रीलंकालाई ८-० को फराकिलो अन्तरले हराएको थियो ।

आजको खेलले समूह विजेताको टुंगो लाग्ने छ। समूह बी मा नेपाल, भारत र श्रीलंका रहेका छन् । भारत पनि यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

समूह एमा बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । बंगलादेश यस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । बंगलादेशले भुटानलाई ३-० र माल्दिभ्ससँग २-२ गोलको बराबरी खेलेको छ ।

प्रतियोगिता अन्तरगत आजै भुटान र माल्दिभ्स भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *