नेपाल एक खेल अगावै साफ यु-१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भारतको गोल्डेन जुब्ली रंगशालामा भएको समूहचरणको आफ्नो पहिलो खेलमा श्रीलंकालाई ५-० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

यस नजितासँगै समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । नेपालको जितसँगै आयोजक भारत पनि एक खेल अगावै अन्तिम चारमा पुगेको छ ।

अब मंगलबार हुने नेपाल र भारतबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।

नेपाललाई जित दिलाउन सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले गोल गरे ।

खेलको पहिलो हाफको इन्जुरी समयमा सुजनको गोलमार्फत नेपालले अग्रता लिएको थियो । ६१औं मिनेटमा धर्वेन्द्रले नेपालको अग्रता दोब्बर पारे ।

खेलको ७७औं मिनेटमा सुवासले नेपालका लागि तेस्रो गोल गरे । विज्ञानले ८९औं मिनेटमा गोल गर्दा नेपाल ४-० ले अघि बढ्यो ।

इन्जुरी समयमा फ्रिकिक मार्फत लक्षुले गोल गर्दै नेपाललाई ५-० को फराकिलो जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *