युईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आज आर्सनल र पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दै छन् । यो खेल पिएसजीको घरेलु मैदानमा मध्यराति १२ः४५ बजेबाट सुरु हुनेछ ।

सेमिफाइनलको पहिलो लेगमा पिएसजीले आर्सनललाई १-० गोलले पराजित गरेको थियो । समग्रमा आज विजेता हुने टोलीले उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग भिड्ने छ ।

गएराति भएको पहिलाे सेमिफाइनलको दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४–३ गोलले हरायो । इन्टर समग्रमा ७–६ को नतिजासहित उपाधि नजिक पुगेको हो । फाइनल मे ३१ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *