केलियन एमबाप्पेको दुई गोलमा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३-२ गोल अन्तरले हराएको हो ।

सान्टियागो बर्नाबेउमा घरेलु टोली रियललाई जित दिलाउन एमबाप्पेले दुई तथा आर्दा गुलरले एक गोल गरे ।

पहिलो हाफको ३३औं मिनेटमा अर्डा गुलरको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३९ औं मिनेटमा एमबाप्पेको गोलमा रियलले सेल्टा भिगोविरुद्ध अग्रता दोब्बर पारे ।

एमबाप्पेले नै खेलको ४८ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा रियलले ३-० को आरामदायी अग्रता बनाएको थियो ।

खेलको ६९ औं मिनेटमा जाभी रोड्रिगेजको गोलमा सेल्टा भिगोले रियलविरुद्ध अग्रता कम गरेको थियो । खेलको ७६ औं मिनेटमा वैकल्पिक खेलाडी विलियट स्वेडबर्गले गोल गर्दै सेल्टा भिगोलाई ३-२ को स्थितीमा ल्याएका थिए ।

तर, त्यसपछि सेल्टाभिगोले कुनै गोल गर्न नसकेपछि रियलविरुद्ध हार भोग्यो ।

जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी कम गरेको छ । ला लिगाको ३४ खेलबाट रियलले ७५ अंकमा अंक तालिकाको दोस्रो स्थानमा छ। समान खेलबाट ७९ अंक भएको बार्सिलोना शीर्ष स्थानमा छ ।

लिगअन्तर्गत गएराति नै भएको खेलमा सेभिल्ला र लेगेनासले २-२ को बराबरी गर्दै अंक बाँडे । रियल बेटीसले स्प्यानोललाई २-१ ले हराउँदा रियल सोसिडाड र एथलेटिको क्लबले गोलरहित बराबरी गर्दै अंक बाँडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *