आरभ र अभिलाषाको जोडी च्याम्पियन

२०८२, १९ बैशाख शुक्रबार १९:०६

आरभसम्राट हाडा र अभिलाषा विष्टको जोडीले ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि शुक्रबार जितेका छन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा आरभ र अभिलाषाको जोडीले सक्षमविक्रम शाह र नाला मास्केको जोडीलाई ६-४ र ६-३ को सोझो सेटमा पराजित गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स जितेन्द्र परियार पहिलो भए । उनले फाइनलमा सन्तोष खत्रीलाई २-६, ६-१ र १०-५ ले हराए । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्रले इमल दीक्षितसंग मिलेर अर्को स्वर्ण हात पारे । उक्त जोडीले फाइनलमा खन्तोष खत्री र छेवाङ लामाको जोडीलाई ६-३ र ६-४ को सोझो सेटमा पाखा लगाए ।

५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही विजेता भए । उनले फाइनलमा विमलकुमार गुरुङलाई ६-४ र ७-५ ले पन्छाए ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारलाई सीधा सेटमा ६-१ र ६-४ ले निराश पारे । ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र धीर गुरुङको जोडी पहिलो बने । उक्त जोडीले फाइनलमा विदुर विष्ट र भिक्टर राणको जोडीमाथि ७-६ र ७-५ को जित दर्ता गरे ।

५५ वर्षमाथि पुरुष डबल्स फाइनलमा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले विमलकुमार गुरुङ र हिमाल शाहको जोडीलाई ६-१ र ६-३ ले पन्छ्याउदै स्वर्ण हात पारे ।

प्रतियोगितअन्तर्गत अब २ स्पर्धाको फाइनल हुन बाँकी छ । अन्तिम दिन शनिबार पुरुष सिंगल्समा निसान श्रेष्ठ र आरभसम्राट हाडा तथा महिला सिंगल्समा अभिलाषा विष्ट र स्वस्तिका विष्ट भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *