राजवीर सेमिफाइनलमा

२०८२, १७ बैशाख बुधबार २१:५६

राजवीर प्रधान ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा राजवीरले नेपाल नम्बर वान प्रदीप खड्कालाई ६-४ र ७-५ को सोझो सेटमा पराजित गरे ।

सोही स्पर्धामा आरभसम्राट हाडाले सक्षमविक्रम शाहलाई ६-२ र ६-१, निसान श्रेष्ठले प्रणव खनाललाई ४-६, ६-२ र ७-५ तथा निहालजंगबहादुर थापाले प्रीतम परियारलाई ६-२ र ६-१ ले हराउदै सेमिफाइनलमा प्रवेश गरे ।

महिला सिंगल्समा अभिलाषा विष्टले समृद्धि महर्जनलाई ६-२ र ६-०, जेनी खड्काले प्रकृति श्रेष्ठलाई ६-२ र ६-०, आइशा डोल्कर लामाले कर्मिस्था नुगाह श्रेष्ठलाई ७-६ र ६-३ तथा स्वस्तिका विष्ठटले सुनिरा थापालाई ६-३, ३-६ र ७-६ ले पाखा लगाउदै सेमिफाइनलमा पुगे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ र सन्तोष खत्रीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

४५ वर्षमाथि पुरुष डबल्समा कमलबहादुर भण्डारी र सुमित मैनालीको जोडीले डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई ५-७, ६-३ र १०-७ ले पन्छ्याउदै पहिलो भए ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा भिक्टर राणा, ध्रुवबहादुर गुरुङ, उत्तम बोगटी र विमलकुमार गुरुङ सेमिफाइनलमा पुगे । ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह, चन्द्र शाही, कमलबहादुर भण्डारी र महेश श्रेष्ठले सेमिफाइनलमा स्थान बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *