कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान्स क्लबले जितेको छ ।

शनिबार विराटनगर जुटमिल खेल मैदानमा सम्पन्न फाइनल खेलमा धरानले आयोजक मिल्स भेट्रान्स क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

धरानलाई जित दिलाह्न सनलाल राई, सतिश केसी र प्रीतम राईले एक गोल गरे । उपाधिसँगै धरानले नगद ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता मिल्सले ३५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि आयोजक टोलीका जय देवकोटा घोषित भए । म्यान अफ द म्याच धरानका पदम राई घोषित भए भने हाइ स्कोरको उपाधि आयोजकका कृष्ण राईले प्राप्त गरे ।

विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई गिरी फाउन्डेसनका अध्यक्ष अभिषेक गिरी, विराटनगर-१६ का वडा अध्यक्ष उद्धव भुजेललगायत अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *