पिएसजी युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २-१ गोलले हराउँदै इन्टर समग्रमा ३-१ को जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

पार्क देस प्रिन्सेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन फ्याबियन रूइज र हाकिमीले गोल गरे । आर्सनलका लागि बुकायो साकाले गोल फर्काए ।

खेलको २७औं मिनेटमा रूइजले गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाएका थिए । ७२औं मिनेटमा हाकिमीले टोलीको अग्रता दोब्बर पारे ।

७६औं मिनेटमा साकाले गोल फर्काए पनि हार टार्न सकेनन् ।

सेमिफाइनलको पहिलो लेगमा पिएसजीले आर्सनललाई  १-० गोलले पराजित गरेको थियो । अब पिएसजीले उपाधिका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल मे ३१ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *