न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई ४-१ ले पराजित गर्दै प्रिमियर लिगमा पुनः शीर्ष चारमा उक्लिएको छ ।

सान्द्रो टोनालीले २४औं मिनेटमा गोल गर्दै सेंट जेम्स पार्कमा घरेलु टोलीलाई अग्रता दिलाए । एलेक्ज्यान्डर इसाकको उत्कृष्ट पासपछि सानदार भलि प्रहारमा उनले गोल गरेका हुन् ।

तर, युनाइटेडका एलेजान्द्रो गार्नाचोले ३७औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा १-१ को बराबरी भयो । आफ्नो पछिल्ला २९ खेलमा गार्नाचोको त्यो दोस्रो गोल हो ।

दोस्रो हाफ सुरु भएको चार मिनेटमै हार्भी बार्न्सले ज्याकब मर्फीको पासमा गोल गर्दै न्युक्यासललाई पुनः अग्रता दिलाए ।

बार्न्सले ६४औं मिनेटमा अर्को गोल गरे । जारी प्रिमियर लिगमा त्यो उनको आठौं गोल हो । गोलकिपर आन्द्रे ओनाना नखेलेपछि उनको स्थानमा आएका आल्टाय बायिन्डिरले गोल रोक्न सकेनन् ।

ब्रुनो गुइमाराइसले ७७औं मिनेटमा गोल गरेपछि युनाइटेड निरिह बन्यो ।

३१ खेलपछि ५६ अंककासाथ न्युक्यासल म्यानचेस्टर सिटीलाई पछि पार्दै चौथो स्थानमा पुगेको छ । १ अंक पछि रहेको सिटीले १ खेल पनि बढी खेलेको छ। युनाइटेड १४औं स्थानमा झरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *