अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा बराबरीमा रोकिएको छ ।
सोमबार बिहान भएको खेलमा मियामीले घरेलु टोली सिकागोसँग गोलरहित बराबरी खेलेको हो ।
खेलभर मियामीले आधा दर्जन भन्दा बढी अवसर बनाएपछि सदुपयोग गर्न सकेन । मेसीले मात्रै तीन उत्कृष्ट प्रहारलाई गोलमा परिणत गर्न सकेनन् । एक प्रहार भने क्रसबारमा लागेर फर्किएको थियो ।
यस बराबरीसँगै मियामीले अंक तालिकामा दोस्रो स्थानमा उक्लिने सुनौलो अवसर गुमाएको छ । मियामी ७ खेलबाट १५ अंकसहित चौथो स्थानमा छ । सिकागो भने ८ खेलबाट १२ अंकसहित १५औं स्थानमा छ ।
