मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो हार ब्यहोरेको छ ।
शुक्रबार राति सम्पन्न खेलमा मुम्बई इण्डियन्स लखनउ सुपर जायन्ट्ससँग १२ रनले पराजित भएको हो । जारी लिगमा लखनउको यो दोस्रो जित हो ।
२ सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो ।
मुम्बईका लागि सूर्यकुमार यादवले सर्बाधिक ६७, नमन धिरले ४६, तिलक बर्माले २५ र कप्तान हार्दिक पाण्ड्याले अविजित २८ रन बनाए ।
लखनउका लागि शार्दुल ठाकुर, आवेस खान, आकाश दिप र दिग्वेश राठीले समान १ विकेट लिए ।
त्यसअघि अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियममा घरेलु टोली लखनउले टस हारेर ब्याटिङको निम्तो पाएकोमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।
लखनउका लागि मिचेल मार्शले सार्वधिक ६०, एडेन मार्क्रमले ५३, आयुष बदानीले ३० र डेभिड मिलरले २७ रन बनाए
मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले ४ ओभरमा ३६ रन खर्चिएर ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्विनी कुमार र विग्नेश पुथुरले समान १ विकेट लिए ।
जितसँगै लखनउले ४ खेलमा ४ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । लगातार तेस्रो खेलमा पराजित मुम्बई ४ खेलमा २ अंकका साथ सातौं स्थानमा छ ।
जितका साथै लखनउले आइपिएलको लिग चरणको खेलमा मुम्बईविरुद्धको अपराजित यात्रा कायमै गरेको छ ।
