आइपिएलमा आज मुम्बई र लखनउ भिड्दै

२०८१, २१ चैत्र शुक्रबार ११:३४

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ ।

आज लखनउ सुपर जाइन्ट र मुम्बई इण्डियन्सबीच खेल हुँदै छ । लखनउमा हुने यो खेल साँझ ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा ३-३ खेल खेलेका लखनउ र मुम्बईले एक एक खेल जितेका छन् भने २-२ खेलमा हार बेहोरेका छन् ।

मुम्बईले पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा गुजरातसँग पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा मुम्बईले कोलकोतालाई पराजित गरेको थियो ।

त्यसैगरी, पहिलो खेलमा दिल्लीसँग हारेको लखनउले दोस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा पञ्जाव किंग्ससँग हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *