आईपिएलमा आज दुई खेल हुँदै

२०८१, २२ चैत्र शनिबार १०:२९

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।

आज पहिलो खेल चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच हुँदै छ । अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने यो खेल चेन्नईको घरेलु मैदानमा हुने छ ।

यस सिजनको आइपिएलमा दिल्ली क्यापिटल्स अपराजित रहेको छ । दिल्लीले पहिलो खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सनराइजर्स हैदरवादलाई पराजित गरेको थियो ।

त्यस्तै चेन्नईको भने यस सिजनमा शुरुवात औसत रहेको छ । अहिलेसम्म ३ खेल खेलेको चेन्नईले एक जित र २ हार बेहोरेको छ । चेन्नईले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो भने त्यसपछि रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्ससँगको खेलमा पराजित भएको थियो ।

त्यस्तै आज दोस्रो खेल पञ्जाव किंग्स र राजस्थान रोयल्सबीच हुदै छ । पञ्जावको मुल्लानपुरमा हुने यो खेल राती ७: ४५ बजेदेखि शुरु हुँदै छ ।

पञ्चाव किंग्सले यस सिजनमा उत्कृष्ट शुरुवात गर्दै शुरुका दुवै खेल जितेको छ । पञ्चावले पहिलो खेलमा गुजरात टाइटन्सलाई र दोस्रो खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको थियो ।

त्यसैगरी राजस्थान रोयल्सले भने अहिलेसम्म खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । राजस्थानले पहिलो खेलमा सनराइजर्ससँग र दोस्रो खेलमा कोलकोता नाइट राइडर्ससँग हार बेहोरेको थियो भने तेस्रो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *