अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने भनिएको लिगकम नकआउट फुटबल प्रतियोगिता नहुने भएको छ ।

सातदोबाटोस्थित एन्फा कार्यालयमा चैत २५ गते बसेको बैठकले यही बैशाख २० गतेदेखि लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगका १४ क्लबहरुको सहभागिता रहने जनाइएको थियो । तर टिम दर्ता गर्नका लागि तोकिएको समय वैशाख १० गतेसम्म ४ टिमले मात्र नाम दर्ता गराएपछि अब नकआउट प्रतियोगिता नहुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

तीन विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित संकटा क्लबले मात्र बुधबारसम्म नाम दर्ता गराएका थिए ।

यो प्रतियोगिताको विजेताले एएफसी क्लब च्याम्पियनसिप २०२५-२६ सिजनमा नेपालको प्रतिनिधित्व गर्ने तय थियो । तर प्रतियोगिता नै रद्द भएको छ । 

एन्फाले १४ वटै क्लबलाई पत्र काटेर यो जानकारी दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *