बाँसबारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले नयाँ बस्ती युथ क्लबलाई २-० गोलले पराजित गरेको हो ।

बाँसबारीलाई जित दिलाउन दुवै गोल सन्दीप लिम्बुले गरे । उनले ६८औं र इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् ।

यो जितसँगै बाँसबारी लिगको चौथो स्थानमा उक्लिएको हो । बाँसबारीको ८ खेलबाट १२ अंक भएको छ । पराजित नयाँ बस्ती भने समान खेलबाट ८ अंकसहित १०औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *