विषेश लामाले गरेको एक मात्र गोल मद्दतमा सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युथ क्लबलाई पराजित गरेको छ ।
बिहिवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको दोस्रो खेलमा सरस्वतीले कठिन जित हात पारेको हो । विषेशले खेलको २८औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै ८ खेलबाट ६ अंक जोडेको सरस्वती रेलिगेशन क्षेत्रमा छ । पराजित च्यासल समान खेलमा ११ अंकसहित पाँचौं स्थानमा छ ।
बिहीबारै सम्पन्न अर्को खेलमा बाँसबारी क्लबले नयाँबस्ती युथ क्लबमाथि २-० को सहज जित निकाल्यो ।
