इप्स्विच टाउनको प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ ।

१० खेलाडीमा सिमित भएको न्युक्यासल युनाइटेडसँग शनिवार ३-० ले पराजित भएसँगै इप्स्विच यो बाट रेलिगेसनमा परेको हो ।

बेन जोनसनले पहिलो हाफमै दुई पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए । न्युक्यासलले त्यसको फाइदा उठायो ।

अलेक्जेन्डर इसाकले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे । त्यसपछि दोस्रो हाफमा ड्यान बर्न र विकल्प खेलाडी विलियम ओसुलाले हेडमार्फत गोल गरेपछि न्युक्यासलको जित पक्का भयो ।

इप्स्विच अब साउथह्याम्प्टन र लेस्टर सिटीसँगै अर्को सिजन च्याम्पियनसिपमा खेल्नेछ ।

यो जितसँगै न्यूक्यासल इंग्लिस प्रिमियर लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यद्यपि छैटौं स्थानमा रहेको नटिंघम फरेस्टभन्दा मात्र २ अंकले अगाडि छ । जसको एक खेल कम छ ।

इप्स्विच भने तालिकाको १८औं स्थानमा छ । अब वेस्ट ह्याम युनाइटेडलाई भेट्टाउने कुनै गणितीय सम्भावना बाँकी छैन ।

प्रिमियर लिगका अन्य खेलमा चेल्सीले एभर्टनलाई १-०, उल्भ्सले लेस्टर सिटीलाई ३-० ले, ब्राइटनले वेस्ट ह्यामलाई ३-२ ले र फुलह्यमले साउथ ह्याम्टनलाई २-१ ले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *