अल नासर एएफसी च्याम्पियन्स लिग इलिटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको जापानी क्लब योकोहामा एफ मरिनोसलाई ४-१ गोलअन्तरले पराजित गर्दै अल नासर प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा भएको खेलमा घरेलु टोली अल नासरलाई जित दिलाउन  जोन डुरानले दुई तथा कप्तान क्रिस्टियानो रोनाल्डो र साडियो मानेले समान एक गोल गरे । योकोहामाका लागि कोटा वातान्बेले गोल फर्काए ।

खेलको २७औं मिनेटमा डुरानले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । चार मिनेटपछि नै मानेले टोलीको अग्रता दोब्बर बनाए  ।

३८औं मिनेटमा रोनाल्डोले गोल गर्दा अल नासरले पहिलो हाफ सम्म अल नासर ३-० को आरामदायी अग्रतासहित अघि बढ्यो । ४९औं मिनेटमा डुरानले व्यक्गित दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

५३औं मिनेटमा वातान्बेले योकोहामाका लागि गोल फर्काउदा खेल ४-१ को स्थितिमा आयो । ७३औं मिनेटमा वातान्वेले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि योकोहामा १० खेलाडीमा सेटिएको थियो । त्यसपछी थप गोल हुन नसक्दा अल नासर ४-१ ले विजयी भयो ।

अल नासरले सेमिफाइनलमा कावासकी वा अल सादसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *