लिभरपुलले २०औं पटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा टोटनहमलाई ५–१ ले पराजित गर्दै लिभरपुलले चार खेलअघि नै लिगको उपाधि जितेको हो ।

उपाधि जित्नका लागि आर्ने स्लटको टिमलाई एकै अंक मात्र आवश्यक थियो । लिभरपुलको अब ८२ अंक भएको छ र यो दोस्रोमा रहेको आर्सनलमाथि १५ अंकको अग्रता हो ।

अब लिगका बाँकी खेलमा जस्तै नतिजा आएपछि लिभरपुललाई कसैले उछिन्न सक्ने छैन । लिभरपुलले सन् १९९० यता पहिलो पटक घरमा उपाधि जितेको खुसियाली मनाउन पाएको हो ।

यससँगै लिभरपुलले इंग्ल्यान्डमा सबैभन्दा बढी २० पल्ट उपाधि जितेको पारम्परिक प्रतिद्वन्द्वी कीर्तिमान म्यानचेस्टर युनाइटेडसँग बराबरी गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले पुनरागमन जित निकालेको हो । खेलको १२औं मिनेटमा डोमिनिक सोलान्केको गोल गर्दै टोटनहमलाई अग्रता दिलाए । तर, चार मिनेटभित्रै लुइस डिआज लिभरपुलका लागि बराबरीमा गोल फर्काए ।

खेलको २४औं मिनेटमा एलिस्टर म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । कोडी गाक्पोले ३४औं मिनेटमा गोल गर्दा लिभरपुल पहिलो हाफमै ३–१ को अग्रता बनाउन सफल भयो ।

खेलको ३४औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३-१ को अग्रता कायम गर्यो । मोहम्मद सलाहले ६३औं मिनेटमा लिभरपुलका लागि चौथो गोल गरे । ६९औं मिनेटमा डेस्टिनी उडोगीले आत्माघाति गोल गरेका थिए ।

आइतवार कै अर्को खेलमा बोर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १-१ को बराबरी खेलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *