इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड हारबाट जोगिएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले बर्नमाउथसँग १-१ गोलको बराबरी खेलेको हो ।

भिटालिटी रंगशालामा घरेलु टोली बर्नमाउथका लागि एन्टोइन सेमेन्यो गोल गरे भने युनाइटेडका लागि रास्मस होज्लन्डले गोल गरे ।

खेलको २३औं मिनेटमा सेमेन्योले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । उनले इभानिल्सनको पासलाई पोस्टको दिशा दिए ।

खेलको ७०औं मिनेटमा रातो कार्ड पाएर इभानिल्सन मैदान बाहिरिएपछि बर्नमाउथ १० खेलाडीमा समेटियो ।

हार नजिक पुगेको युनाइटेडका लागि इन्जुरी समयको छैटौं मिनेटमा होज्लन्डले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए । उनले म्यानुयल उगार्टेले उपलक्ध गराएको बललाई जाली चुमाए ।

यस बराबरीसँगै ३४ खेलमा ५० अंक जोडेको बर्नमाउथ १०औं स्थानमा छ । युनाइटेड समान खेलबाट ३९ अंकसहित १४औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *