क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा अल नासरले साउदी प्रो लिगमा अल रियादविरुद्ध पुनरागमन जित हासिल गरेको छ ।

आइतबार राती सम्पन्न खेलमा अल नासरले अल रियादलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको घरेलु मैदानमा फैज सेलेमानीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अल रियादलाई अग्रता दिलाएका थिए । तर, खेलको ५६औं मिनेटमा रोनाल्डोले अल नासरका लागि बराबरी गोल पर्काए ।

६४औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा अल नासरले २-१ को अग्रता बनायो । खेलको अन्तिम समयमा फैज सेलेमानीले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि अल रियाद दश खेलाडी समेटिएको थियो । 

त्यसपछि थप गोल हुन नसक्दा अल नासर २-१ ले विजयी भयो ।

थप दुई गोलसँगै रोनाल्डोको क्यारियर गोल ९३३ पुर्याएका छन् । रोनाल्डोले यस सिजनमा ३२ गोल गरेका छन् भने ४ असिस्ट गरेका छन् ।

यो जितपछि अल नासरको २७ खेलमा ५७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै अल रियादको भने २७ खेलमा ३४ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *