नेपाल रग्बीले संघले यसै महिना हुने बंगलादेशसँगको श्रृंखलाका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडीलाई बोलाएको छ।

प्रतियोगिता आगामी बैशाख २० देखि २२ गतेसम्म घरेलु भूमिमै हुनेछ । संघले भर्खरै सम्पन्न राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छानिएको जानकारी दियो ।

संघका अनुसार प्रशिक्षण भक्तपुर र ललितपुरमा हुनेछ । पहिलो चरणको प्रशिक्षण आइतबारदेखि भक्तपुरस्थित मैदानमा हुनेछ । टोलीलाई श्रीलंकाका लियोनार्ड डे जिल्वाले प्रशिक्षण दिने छन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी

अनिल माझी, अनिश श्रेष्ठ, विवेश बसु, विकास रानामगर, विक्रम पुरी, विजय खड्‌का, विराट श्रेष्ठ, विष्णु खड्का, धनबहादुर जर्गा, दीपेन्द्र अर्याल, गणेश बानियाँ, जुकेन्द्र राई, दीपेन्द्र चौधरी, मधेश विष्ट, मनोज ताम्राकार, मधु रोक्का मगर, कपिल सापकोटा, कपिल ठकुरी, मशेस सुनवार, मिलन थापा, मोहम्मद हुसेन, मोसेस कुमाल, नविन दर्लामी मगर, नवीन महर्जन, निरोज कार्की, प्रमेश चौधरी, रमित बहादुर मल, रोहन डंगोल, रोशन बम्जन, सञ्जय अधिकारी, सन्दीप राई, सरोज कपाली, श्रीराम श्रेष्ठ, सुजन कुमाल, सुमन कटवाल, यदु अधिकारी, शेर बहादुर वली, बिशाल बडु, शेवक कुँवर, पुकार खड्गी, सबिन महत र पुजन फेवाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *