भारत जाने डजबल टोलीको विदाई

२०८२, १० बैशाख बुधबार ०८:१५

भारतको कर्नाटकमा हुने त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप २०२५ मा सहभागी हुन प्रस्थान गर्न लागेका नेपाली राष्ट्रिय पुरुष डजबल टिमलाई बुढानीलकण्ठ नगरपालिकाले सोमबार एक विशेष कार्यक्रमका बीच भव्य रूपमा विदाई गरेको छ ।

हात्तीगौंडामा सम्पन्न उक्त विदाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगर प्रमुख मिठाराम अधिकारी सहभागी थिए भने विशेष अतिथि राष्ट्रिय खेलकुद परिषद्‌का बोर्ड सदस्य नन्दा बस्याल रहनु भएको थियो ।

कार्यक्रमको गरिमामय उपस्थितिमा नगर प्रवक्ता तथा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारी, वडा नं. १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं. ९ की वडाध्यक्ष सुमित्रा त्रीपाठी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला, वडा नं. ८ का वडाध्यक्ष तथा खेलकुद संयोजक सुमन तामाङ, नेपाल खेलकुद महासंघका सदस्य दीपक तामाङ लगायत खेलाडीहरूको अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

नेपाली टोलीमा कप्तान प्रकाश सिंह ऐर, उपकप्तान अरिज प्रजापति, सदस्यहरू सन्तोषनाथ योगी, ओम प्रकाश शाह, रमन रसाइली, मनरञ्जन ठाकुर, परिश श्रेष्ठ, रोजेन श्रेष्ठ, श्याम बहादुर श्रेष्ठ, राम चन्द्र गौतम र कुशल बिष्ट रहेका छन् । अफिसियलहरूमा अन्तरिक्ष अधिकारी, अरुण तिमल्सिना, कौशल ज्ञवाली र केशब राज गौतम छन् ।

कार्यक्रममा खेलाडीका अभिभावकहरूको उपस्थिति टोलीको मनोबल उच्च बनाउन महत्वपूर्ण रह्यो । आगामी अप्रिल २४ र २५ मा डजबल रेफ्री तथा कोच सेमिनार आयोजना गरिनेछ भने अप्रिल २६ र २७ मा त्रि-राष्ट्रिय च्याम्पियनशिप सम्पन्न हुनेछ, जसमा नेपाल, भारत र मलेशियाले सहभागिता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *