सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले झापा फुटबल क्लबलाई बराबरीमा रोकेको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्रिगेड ब्वाइजले झापा १-१ को बराबरीमा रोकेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुमा नै पुजन राईले झापालाई अग्रता दिलाए । उनले ४९औं मिनेटमा गोल गरे ।
निर्धारित ९० मिनेट सम्म झापासँग १-० को अग्रता थियो । झापा जित नजिक पुगिसकेको थियो । तर इन्ज्युरी समयको पाँचौं मिनेटमा मुकुन्द कुमार निउरेले बराबरी गोल फर्काए ।
यो बराबरीमा ६ खेल पछि झापा ८ अंक बनाउँदै लिगको पाँचौं स्थानमा रहेको छ । सामना खेलबाट ८ अंक नै बनाएको बिबिसी छैटौं स्थानमा छ ।
