राजधानीमा जारी शहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लबले सहज जित हासिल गरेको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवतीले नयाँबस्ती युथ क्लबलाई ३-० गोलले पराजित गरेको हो ।
भगवतीले तीनै गोल खेलको पहिलो हाफमा गरेको हो । भगवतीको जितमा दिवश छन्त्यालले खेलको तेश्रो, अमित लामाले १६औं र बिक्रान्तनरसिंह रानाले ३०औं मिनेटमा गोल गरे ।
जितसँगै दोश्रो स्थानको भगवतीले ७ खेलबाट १७ अंक जाडेको छ । एक खेल कम खेलेको प्लानिङ भने १८ अंकसहित शीर्ष स्थानमा छ ।
पराजित नयाँबस्ती समान खेलमा ५ अंकसहित तालिकाको १३औं स्थान अर्थात् रेलिगेशन जोनमा रहेको छ ।
