युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलका खेलहरु मंगलबारदेखि सुरु हुँदै छन् ।

पहिलो दिन स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बार्यन म्युनिखले इटालियन क्लब इन्टर मिलानको सामना गर्दै छ ।

रियल र इन्टर दुवै विपक्षी टोलीको मैदानमा उत्रने छन् । दुबै खेल मध्यराति १२ः४५ बजेबाट सुरु हुनेछ ।

अन्तिम १६ मा रियलले एट्लेटिको मड्रिडलाई, आर्सनलले पिएसभीलाई, बार्यनले बायर लेभरकुसेनलाई र इन्टरले फेनुर्डलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *