नेपालगन्ज रंगशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा घरेलु टोली बाँके-११ लाई ३-० ले पाखा लगाउँदै रौतहट जिल्ला फुटबल संघले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

आज रौतहटलाई जित दिलाउन खेलको पहिलो हाफको २८औ मिनेटमा जेनिफर रानामगरले एक गोल गर्न सफल भइन् । जेनिफरको पहिलो गोलले रौटहतको टोलीलाई निकै उत्साहित बनाएको थियो ।

खेलको पहिलो हाफ सकिदा सम्म बाँकेका तर्फबाट कसैले पनि गोल गर्न सकेन । खेलको दोस्रो हापमा पनि बाकेले कुनै उपलब्धि हासिल गर्न सकेन। रौतहटका तर्फबाट खेलको दोस्रो हाफको ४५औं मिनेटमा समिक्षा राईले एक गोल गर्न सफल भइन् ।

दोस्रो हाफमा समिक्षाले अर्को गोल रौतहटका तर्फबाट गरीरहदा बाँके–११ ले निकै सकसपुर्ण खेल खेलीरहेको थियो। निकै राम्रो प्रस्तुती दिइरहेकी बाँके-११ कि गोलकिपर राधिका वली घाइते भएपछि बाँकेको टिमले सोचे अनुसारको प्रस्तुती दिन सकेन ।

यद्यपी अन्तिम अवस्थासम्म बाँकेले कोसीस भने जारी राख्यो भने रौतहटले पनि धेरै पटक गोल गर्न सक्ने अवसर गुमायो । नजिता राम्रो आएपनि रौतहटका यो खेल सोचेअनुरुप हुन सकेन ।

यसैगरी रौतहटकै तर्फबाट खेलको ५१औं मिनेटमा पियुली रोयले गरेको गोल निर्णायक बन्न पुग्यो ।

आजको खेलमा सिम्रन राई प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई संघिय सांसद तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नगद रु ५ हजार प्रदान गरेर हौसला प्रदान गरेका थिए ।

आजको खेलको प्रमुख रेफ्रि कृति सेन रहेका थिए भने सहायक रेफ्रिहरुमा जमुना आले, अनुप सिङ थारु र अमर घले रहेका थिए । आजको खेलमा बाँके-११बाट सलिना सुनार र आयुषा रेउलेले पहेलो कार्ड पाए । यसैगरी रौतहटबाट अनिसा राईले एल्लो कार्ड पाएकि थिइन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *