अखिल नेपाल फुटबल संघ (एन्फा) का पुर्व अध्यक्ष गणेश थापालाई फिफाले लगाएको १० बर्षको प्रतिबन्ध सकिएको छ ।
फिफाले २०१५ को अप्रिल १५ मा थापालाई कुनै पनि फुटबल गतिबिधिमा सहभागी हुन नपाउने गरि १० बर्षको प्रतिबन्ध लगाएको थियो ।
थापाले आफूमाथि लागेको प्रतिबन्ध हटेको जानकारी दिदै यो १० बर्ष कठिन भएको बताएका छन् । यो यात्रा चुनौतिपूर्ण रहेको बताउदै थापाले नेपाली फुटबलको विकासमा सधै साथ र सहयोग रहने बताएका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान थापाले एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ (साफ)को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष, फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए ।

