न्युक्यासल युनाइटेड इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा न्युक्यासलले क्रिष्टल प्यालेसविरुद्ध ५–० को फराकिलो जित निकालेको हो ।

सेन्ट जेम्स पार्कमा ५२ हजार समर्थमाझ न्युक्यासललाई जित दिलाउन जाकोव मुर्फी, हार्भे बार्नेस, फाबियन स्चार, एलेक्जान्डर इसाकले गोल गरेका हुन् । क्रिष्टल प्यालेसकै मार्क गुइहीले आत्माघाति गोल गरेका थिए । 

फराकिलो जितसँगै न्यूक्यासल नटिङमलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ भने दोस्रो स्थानको आर्सनलसँग अंक दुरी घटाएको छ । त्यति मात्र नभई न्यूक्यासलले गोल अन्तर समेत बढाएको छ ।

न्यूक्यासलको ३२ खेलबाट ६९ अंक भएको छ भने दोस्रो स्थानको आर्सनलको ६३ अंक छ । शीर्ष स्थानको लिभरपुलको भने ७६ अंक छ । पराजित क्रिष्टल प्यालेस ४३ अंकसहित १२औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *