नेपालको पुरानो खेल मध्येको एक काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन भोली शनिबार हुने भएको छ ।

११ सदस्यिय कार्यसमितिका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यसैगरी उपाध्यक्ष पदमा नविन सुवाल र गौतम बहादुर मालाकार विच प्रतिस्पर्धा हुने भएको छ भने महासचिवमा डिकेन सुवाल र सतिश कृष्ण श्रेष्ठ भिड्ने भएका छन् ।

सचिवमा भने सुरेन्द्र कुमार श्रेष्ठ निर्विरोध भएका छन् । कोषाध्यक्षमा अनुज सिंह प्रधान र किरण शम्शेर राणा प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसैगरी ६ सदस्यिय सदस्य पदमा १० जनाले उम्मेदवारी दिएका छन् ।

जसमा मुरारी केसी, सुनिलभक्त जोशी, अमर श्रेष्ठ, श्याम नारायण माली, राजेन्द्र शाक्य, सर्वज्ञरत्न मानन्धर, योगेन्द्र मान श्रेष्ठ, सुन्दर थापा क्षेत्री, प्रज्वलकान्त मैनाली र अगम मान गुभाजु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *