नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगरले अब विभागीय टोली नेपाल एपीएफ क्लबबाट घरेलु फुटबल खेल्ने भएकी छिन् ।

विगत ९ वर्षदेखि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आएकी अन्जनाले नयाँ सिजनको लागि एपीएफसँग सम्झौता गरेकी हुन् ।

नेपाली टोलीकै पहिलो रोजाइकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले घरेलु फुटबलमा एपीएफको गोल पोस्ट सम्हाल्दै आएकी थिइन् ।

तर, पछिल्लो समय एञ्जिला ग्रिसमा व्यवसायिक लिग खेल्न गएपछि सावित्री किसान र झरना डुम्राकोटीले एपीएफको गोल पोस्ट सम्हाल्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *