इन्टर मिलानले खेलको अन्त्यतिर गोल गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न बलियो बनाएको छ ।

इन्टरले क्वाटरफाइनलको पहिलो लेगमा मंगलवार घरेलु टोली बायर्न म्युनिखलाई २-१ ले हराएको छ ।

बायर्नले सुरुआती ३० मिनेटसम्म खेलमा पूर्ण नियन्त्रणमा राख्यो । इङ्ल्यान्डका कप्तान ह्यारी केनले गोलपोस्टको दाहिने कुनामा बल प्रहार गरे । तर सफल भएनन् ।

त्यसपछि इन्टरले आफ्नो पहिलो प्रहारबाट नै अग्रता लियो । ३८औं मिनेटमा उत्कृष्ट टिम मुभपछि लुटारो मार्टिनेजले गोल गरे ।

८५औं मिनेटमा बायर्नका परिवर्तित खेलाडी थोमस मुलरले बराबरी गोल गरे । त्यसले हारबाट बायर्नलाई जोगाउने सम्भावना थियो ।

तर ८८ औं मिनेटमा काउन्टर अट्याकमा डाभिडे फ्रात्तेसीले गोल गरेपछि इन्टर विजयी भयो । जसले इन्टरलाई जर्मनीबाट महत्त्वपूर्ण अग्रता लिएर फर्कनेछ ।

यो हारसँगै बायर्नको च्याम्पियन्स लिगमा घरेलु मैदानमा २२ खेलको अपराजित यात्राको पनि अन्त्य भएको छ ।

अर्को क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले रियल म्याड्रिडलाई ३-० ले हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *