मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगिता शुरु भएको छ ।

बिहिवार मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा भएको उद्घाटन खेलमा टाँडी स्पोर्टिङ क्लबले मिक्लाजुङ-८ लाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै टाँडी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टाँडीलाई फराकिलो जित दिलाउन कप्तान अनिल तामङ एक्लैले ४ गोल गर्दा बिमल तामाङ, राज लिम्बु, सिम्रन राईले समान एक गोल गरे ।

खेलका चार गोलकर्ता अनिल म्यान अफ दि म्याच घोषित भए । उनले नगद एक हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रबार आयोजक कालिदह एफसी र तिल्केनी एफसीबीच खेल हुनेछ । 

कालिदह फुटबल क्लबको आयोजनमा शुरु भएको प्रतियोगितामा कुल १० टोली सहभागी छन् । चैत्र ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ३३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष नबिन लिङ्देनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *