श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा च्यासल युथ क्लबसँग भगवती गोलरहित बराबरीमा रोकिएको हो । दुबै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् ।

जारी लिगमा भगवतीको यो दोस्रो बराबरी हो । दोस्रो स्थानमा रहेको भगवतीको पाँच खेलबाट १० अंक छ । शीर्ष स्थानको प्लानिङ ब्वाइजको भने १२ अंक छ । यद्यपि, प्लानिङले एक खेल कम खेलेको छ ।

च्यासल पाँच खेलबाट आठ अंकसहित चौथो स्थानमा यथावत् छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *