खेलको अन्त्य तिर कप्तान भर्जिल भान डाइकको हेडर गोल गरेपछि शीर्ष स्थानको वेस्ट ह्याम युनाइटेडलाई २-१ ले पराजित गरेको छ ।
लिभरपुल प्रिमियर लिग उपाधिको अझै नजि पुगेको छ । अर्को साता आर्सेनलले इप्सविचसँग हार्यो र लिभरपुलले लेस्टरलाई हराएर उपाधि जित्न सक्छ ।
यहि साता लिभरपुलसँग दुई वर्षको नयाँ सम्झौता गरेका मोहमद सलाहले १८औं मिनेटमा उत्कृष्ट पासमार्फत लुइस डियाजलाई पहिलो गोल गरे ।
तर लिभरपुलले त्यसलाई निरन्तरता दिन सकेन र वेस्ट ह्यामले एन्डी रोबर्टसनले ८६औं मिनेटमा आत्मघाती गोल गरेपछि बराबरी भयो ।
तर ८८औं मिनेटमा भान डाइकले कर्नरमा हेडर गोल गर्दै लिभरपुललाई जित दिलाए । लिभरपुलले दोस्रो स्थानको आर्सेनललाई १३ अंकले पछि पारेको छ । लिगमा मात्र ६ खेल बाँकी छन् ।
अन्य खेलमा उल्भ्सले टोटेनहमलाई ४-२ ले हरायो भने चेल्सीले इप्स्विच टाउनसँग २-२ को बराबरी खेलेको छ ।
बराबरीसँगै चेल्सीले शीर्ष चारमा उक्लिने अवसर गुमाएको छ । बराबरीका बाबुजद चेल्सी ३२ खेलमा ५४ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ । इप्सविच भने ३२ खेलमा २१ अंकका साथ रेलिगेसन क्षेत्रमा कायम छ ।
यता जितपछि उल्भस ३५ अंकका साथ अंकतालिकाको १६औं स्थानमा उक्लिँदा टोटनहम भने ३७ अंकका साथ १५ औं स्थानमा यथावत छ ।
