फ्रेन्च लिग वानको उपाधि जितिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लो हाभ्रेमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । 

शनिबार राति भएको खेलमा पिएसजीले लो हाभ्रेलाई १-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन डेजाइरे डुए र गोन्सालो रामोसले गोल गरे । हाभ्रेका लागि इस्सा सुमारेले गोल गरे ।

खेलको आठौं मिनेटमा नै डुएको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । रामोसले ५०औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे । हाभ्रेका लागि ६०औं मिनेटमा सुमारेले गोल फर्काए पनि हार टार्न सकेनन् ।

जितसँगै पिएसजी अपराजित रहेर यस सिजन समाप्त गर्नेतर्फ अघि बढेको छ । उपाधि जितिसकेको पिएसजीको २९ खेलबाट ७७ अंक भएको छ भने पराजित भएको हाभ्रे ३० खेलबाट २७ अंकका साथ १६औं स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *