लिग लिडर प्लानिङ ब्वाइजले सहिद स्मारक बी डिभिजन लिगमा पहिलो बराबरी खेलेको छ ।
लगातार ६ खेलमा जित निकालेर सानदार सुरुवात गरेको प्लानिङ ब्वाइज सातौं खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी)सँग गोलरहित बराबरीमा रोकिएको छ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुबै टिमले गोलका सुन्दर मौकाहरु सदुपयोग गर्न नसक्दा अङ्क बाँड्न बाध्य भए ।
बराबरीसँगै ७ खेलबाट १९ अंक जोडेको प्लानिङ ब्वाइज लिगको शीर्षस्थानमा छ । ब्रिगेड समान खेलबाट ९ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ ।
