सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेडले बराबरी खेलेका छन् ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको मोफसल डर्बीमा झापा र वीरगञ्जले गोलरहित बराबरी खेलेका हुन् ।

योसँगै वीरगञ्जले शीर्ष स्थानमा रहेका प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लबसँग अंक दूरी घटाउन चुकेको छ । वीरगञ्जको ७ खेलबाट १२ अंकका साथ तेस्रो स्थानमा छ । यता झापा समान खेलबाट ९ अंकका साथ छैटौं स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *