म्यानचेस्टर युनाइटेडले युरोपा लिगको सेमिफाइनलमा पुगेको छ।

क्वाटरफाइनलको दोस्रो लेगमा बिहीवार लियोनलाई ५-४ ले हराएपछि समग्रमा ७-६ को अग्रतासहित युनाइटेड अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा २-२ को बराबरी भएको थियो।

ओल्ड ट्राफोर्डमा निर्धारित समय २-२ को बराबरीमा टुंगिएपछि अतिरिक्त सयम नाटकिय रह्यो । थप समय ५ गोल भएको थियो।

निर्धारित समयमा २-० को अग्रता जोगाउन नसकेको युनाइटेड थप समयमा २ गोलले पछि परेको थियो । त्यसमा पनि पुनरागमन गर्दै युनाइटेडले अविश्वसनीय जित दर्ता गर्यो । ह्यारी म्याग्वायरले कासेमिरोको क्रसमा हेड गर्दै अन्तिम मिनेटमा निर्णायक गोल गरे ।

त्यस अघि म्यानुएल उगार्टे, डिएगो डालोट, ब्रुनो फर्नान्डेज र कोबी मैनूले त्यस अघि गोल गरेका थिए ।

लियोनका कोरेंटिन टेलिसो, निकोलस ट्यागलियाफिको, रेयान चेर्की र एलेक्जेन्डर लाकाजेट्टीले गोल गरे । ७१औं मिनेटमा गोल गरेका टेलियो ८९ मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लियोन दबाबमा परेको थियो ।

अन्य खेलमा विजयी हुँदै टोटेनहम, एथलेटिक क्लब र लाजियो सेमिफाइनल पुगेका छन् ।

अब सेमिफाइनलमा युनाइटेड र एथलेटिक तथा टोटेनहम र बोडोबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलका खेल मे १ र मे ८ मा हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *