बाँसबारी क्लबले जारी शहिद स्मारक ‘बी’ डिभिजन लिगमा तेश्रो जित हासिल गरेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बाँसबारीले च्यासल युथ क्लबलाई १-० गोलले पराजित गरेको हो ।
बाँसबारीलाई जित दिलाउन सरोज दर्लामीले निर्णयाक गोल गरे । उनले खेलको ३१औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै ७ खेलबाट ९ अंक जोडेको बाँसबारी तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यता पराजित च्यासल समान खेलमा ११ अंकसहित चौथो स्थानमा रहेको छ।
