एएफसी महिला एसियन कप छनोटलाई केन्द्रित गर्दै महिला फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४८ खेलाडी छनोट गरिएको छ ।

नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आइतबार ४८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

बन्द प्रशिक्षण बैशाख २१ गते (मे ४ ) देखि शुरु हुनेछ ।प्रशिक्षणका लागि ६ गोलकिपर, १२ डिफेण्डर, १९ मिडफिल्डर र ११ फरवार्डलाई बोलाइएको छ ।

छनोट प्रतियोगिताको तयारीस्वरूप नेपालले थाइल्याण्डसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ । पहिलो खेल मे ३० मा बन्द प्रशिक्षणमैत्री खेलको रुपमा हुनेछ भने दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जुन २ मा हुनेछ । दुबै खेलहरू थाइल्याण्डको बैंककमा हुनेछन् ।

एसिया कप छनोटको समूह ‘एफ’ मा नेपाल, लाओस, उज्वेकिस्तान र श्रीलंका छन् ।

यो समूहको खेल उज्वेकिस्तानमा हुनेछ । नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुआत गर्नेछ । यस्तै नेपालले जुलाई २ मा श्रीलंका र ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ ।

समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपका लागि छनोट हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु :

गोलरक्षक – अञ्जिला टर्नबापो सुब्बा, अञ्जना राना मगर, कोपिला खड्का, लिला जोशी, सबित्रा किशन, उषा नाथ ।

रक्षक – अमृता जैसी, विमला बि.क., गीता राना, मनमाया दमाई, निशा ठोकर, पूजा राना, प्रतिक्षा चौधरी, सबिना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सेमी हाङमा लिम्बु पन्धक, यशोदा शाही ।

मिडफिल्डर – अनिता बस्नेत, अञ्जली चन्द, विमला चौधरी, बिर्सना चौधरी, हेमा चौधरी, हेमा रावत, कुसुम खतीवडा, प्रीति राई, रेनुका नगरकोटी, सबिता राना मगर, साहरा लिम्बु, सम्झना लावती, सरस्वती हमाल, सरु लिम्बु, सेनु परियार, सुखरिया सुक्लुकु, सुक्रिया मिया, सुषमा तामाङ, तुल्सा बोहरा ।

फरवार्ड – अनिता केसी, अनिता लाम्जेल, चन्द्र भण्डारी, जेनिफ़र मगर, ममता पुन, मिना देउवा, पूर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, सवित्रा भण्डारी, समीक्षा राई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *