साफ यू-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल यू-१९ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् ।

प्रतियोगिता मे ९ देखि १८ सम्म भारतको अरुणाञ्भलस्थित गोल्डेन जुब्ली स्टेडियम, युपियामा आयोजना हुनेछ ।

च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्र नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । नेपाल, आयोजक भारत र श्रीलंका समूह ‘बी’ मा छन् । समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश रहेका छन् ।

समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले आफ्नो पहिलो खेल मे ११ मा श्रीलंकासँग खेल्नेछ भने दोस्रो खेल मे १३ मा भारतसँग खेल्नेछ ।

नेपालले अहिलेसम्म दुई पटक यो उमेर समूहको उपाधि जितेको छ । पछिल्लो पटक सन् २०२४ मा नेपालमै भएको साफ यू-२० च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

नेपाली टोली

गोलकिपर – भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बनियाँ

डिफेन्डर – रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्वा, सिद्धान्त खड्का

मिडफिल्डर – कृष्णबहादुर आले, कृष थापा मगर, सरोज डर्लामी, लछु थापा, सबिनकुमार लुंगेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का

फरवार्ड – पवन पाख्रिन, धरबेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *