श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अपराजित यात्रा कायमै राखेको छ ।

शुक्रबार कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा भगवतीले बाँसबारी क्लबलाई १-० गोलले पराजित गरेको हो ।

भगवतीको जितमा आयुष तिम्सिनाले निर्णायक गोल गरे । उनले खेलको ७५औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै भगवतीले ६ खेलमा चार जित र दुई बराबरीसहित १४ अंक जोडेको छ । श्री भगवती शीर्षस्थानको प्लानिङ ब्वाइज क्लबभन्दा मात्र एक अंकले पछाडि छ । तर प्लानिङले एक खेल कम खेलेको छ ।

बाँसबारीको यो लगातार तेस्रो हार हो । बाँसबारी ५ खेलबाट ६ अंंकका साथ नवौं स्थानमा झरेको छ ।

दिनको दोस्रो खेल ब्वाइज युनियन क्लब र च्यासल युवा क्लबबीच जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *