इटालियन सिरी ‘ए’ मा दोस्रो स्थानको नापोली चौथो स्थानको बोलोग्नासँग बराबरीमा रोकिएको छ ।
सोमवार राति भएको खेलमा नापोलीले बोलोग्नासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा नापोलीले सुरुवाती अग्रता लिएर पनि जोगाउन भने सकेन । खेलको १८औं मिनेटमा आन्द्रे–फ्राङ्क जाम्बो एङ्गुइसाले गोलमा नापोलीले सुरुवाती अग्रता लिएको थियो ।
तर, ६४औं मिनेटमा डान एनदोएले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
यो बराबरीपछि नापोलीले शीर्ष स्थानको इन्टर मिलानसँग अंक दुरी १ मा झार्ने मौकासमेत गुमाएको छ । नापोली ३१ खेलबाट ६५ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट ६८ अंकका साथ इन्टर शीर्ष स्थानमा छ ।
यता, बोलोग्नाले भने तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । बोलोग्ना ३१ खेलबाट ५७ अंक जोडेर चौथौं स्थानमा छ । तेस्रो स्थानमा रहेको एटालान्टाको समान खेलबाट ५८ अंक छ ।
