इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स छैटौं जित हासिल गरेको छ ।

मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको जित निकाल्यो । लखनउले दिएको १६० रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीका लागि लोकेश राहुलले अविजित रहँदै सार्वधिक ५७ रन बनाए । उनले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।ओपनर अभिषेकले ३६ बलमा ५ चौका र १ छक्कासहित ५१ रन बनाए । करुण नैर १५ रनमा आउट हुँदा र कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे ।

दिल्लीका लागि एडन मारक्रमले दुवै विकेट लिए । अन्य बलरले विकेट निकाल्न सकेनन् ।

त्यसअघि इकाना क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन‌को योगफल तयार पारेको थियो ।

लखनउका ओपनर एडनले सर्वाधिक ५२ रन बनाए । उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर मिचेल मार्शले ३६ बलमा तीन चौका र एक छक्कासहित ४५ रन बनाए । आयुष बडोनी ३६ रनमा आउट हुँदा डेभिड मिलर १४ रनमा अविजित रहे ।

दिल्लीका लागि मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मिचेल स्टार्क र दुष्मन्थ चमेराको नाममा समान एक विकेट रह्यो ।

जितसँगै दोस्रो स्थानको दिल्लीले ८ खेलबाट १२ अंक जोडेको छ । समान खेल खेलेको गुजरात टाइटन्स १२ अंकसहित शीर्ष स्थानमा छ । पराजित लखनउ ९ खेलबाट १० अंकका साथ पाँचौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *