म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा पुन: तेस्रो स्थानमा उक्लिएको छ ।

मंगलबार भएको खेलमा एस्टन भिल्लाविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै सिटि तेस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन बर्नार्न्डाे सिल्भा र म्याथियस नुनेजले गोल गरे । भिल्लाका लागि मार्कस रासफोर्डले गोल फर्काए ।

खेलको सातौं मिनेटमै सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै भिल्लालाई बराबरीमा ल्याए ।

इन्जुरी समयमा नुनेजले गोल गर्दै सिटीलाई स्पष्ट तीन अंक दिलाए ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको सिटिको ३४ खेलमा ६१ अंक भएको छ । पराजित भिल्ला ३४ खेलबाट ५७ अंकका साथ सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *