युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि ११ वटा उपसमिति गठन गरेका छन् ।

मन्त्री चौधरीले चैत्र २२ गते ११ वटा उपसमिति गठन गरेका हुन् । खेलकुदमन्त्री चौधरीले राखेपका बोर्ड सदस्यहरुको संयोजकत्वमा गठन गरेको ११ वटा उपसमितिको विषयगत उपसमिति अन्तर्गत समारोह उपसमितिमा रञ्जना प्रधान संयोजक रहेकी छिन् ।

त्यस्तै बोर्ड सदस्य नन्दा बस्याल उक्त समितिको सदस्य रहेकी छिन् । यसैगरी प्राविधिक उपसमितिको संयोजकमा भानबहादुर चन्द र सदस्यमा रामचन्द्र श्रेष्ठ, स्वास्थ्य उपसमितिको संयोजकमा जगतसिंह धामी, सुरक्षा प्रबन्ध उपसमिति संयोजकमा प्रदेश प्रहरी प्रमुख र प्रदेश प्रहरी कार्यालयलाई जिम्मेवारी दिईएको छ ।

त्यस्तै खेल सामाग्री तथा पोशाक व्यवस्थापन उपसमितिको संयोजकमा कमल प्रसाद भट्टराई र सदस्यमा शान्ति चौधरी रहँदा स्रोत परिचालन उपसमितिको संयोजकमा अन्जन धमला रहेका छन् ।

प्रचार प्रसार उपसमितिको संयोजकमा प्रकाशकुमार कुसारी र सदस्यहरुमा श्रीविक्रम भण्डारी, बिस्न प्रसाद न्यौपाने रहेका छन् । त्यस्तै व्यवस्थापन उपसमितिको संयोजकमा सुवर्ण श्रेष्ठ रहेकि छिन् ।

यसैगरी एन्टी डोपिङ उपसमिति संयोजकमा असीम भण्डारी संयोजक, अनुसन्धान उपसमिति संयोजकमा हिमालकुमार श्रेष्ठ र पुनरावेदन उपसमिति संयोजकमा अनन्दकुमार झा संयोजक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *