स्पेनिस ल लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले आल्भेजविरुद्ध १-० को संघर्षपूर्ण जित हासिल गरेको हो ।

रियल म्याड्रिडको जितमा खेलको ३४औ मिनेटमा एडवर्ड कामाभिङ्गाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

रियल म्याड्रिडको जितमा खेलको ३४औ मिनेटमा एडवर्ड कामाभिङ्गाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा खेलको ३८औं मिनेटमा किलीयन एम्बाप्पेले रातो कार्ड पाएपछि रियल म्याड्रिड १० खेलाडीमा सिमित हुदै दबाबमा परेको थियो । तर खेलको ७० औ मिनेटमा आल्भेजका मानु सान्चेजले पनि रातो कार्ड पाएपछि दुवै टिम १०-१० खेलाडीमा खेलेका थिए ।

यो जितपछि रियल म्याड्रिडको ३१ खेलमा ६६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । रियल म्याड्रिड शिर्ष स्थानको बार्सिलोना भन्दा ४ अंकले पछाडी रहेको छ ।

त्यस्तै आल्भेजको भने ३१ खेलमा ३० अंक रहेको छ र लिगमा १७ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *