आर्सनल इंग्लिस प्रिमियर लिगमा शनिवार बराबरीमा रोकिएको छ ।
दोस्रो हाफमा इलिमान एन्डियायेको पेनाल्टी गोलले एभर्टनले आर्सनलसँग १-१ बराबरी रोकेको हो । यसले आर्सनलको उपाधि दौड झन् कमजोर भएको छ ।
माइल्स लुइस स्केलीले ज्याक ह्यारिसनलाई फाउल गरेपछि ४९औं मिनेटमा एभर्टनले पेनाल्टी पायो । एन्डियायेले पेनाल्टीमा गोल गरे । जारी सिजनमा त्यो उनको सातौं प्रिमियर लिग गोल हो ।
लिआन्ड्रो ट्रोसार्डले ३४ औं मिनेटमा आर्सनलका लागि गोल गरे । दोस्रो हाफमा कमजोर प्रर्दशन रहेपछि बराबरीमा चित्त बुझाउनु पर्यो ।
३१ खेलमा ६२ अंक जोडेको आर्सनल शीर्ष स्थानमा रहेको लिभरपूलभन्दा ११ अंकले पछाडि छ । एभर्टन भने ३५ अंकसहित १४औं स्थानमा उक्लिएको छ ।
प्रिमियर लिगका अन्य खेलमा एस्टन भिल्लाले तेस्रो स्थानको नटिङ्घम फरेस्टलाई, क्रिस्टल प्यालेसले ब्राइटनलाई, उल्भ्सले इप्स्विचलाई समान २-१ ले हरायो भने वेस्ट ह्याम र बोर्नमाउथले २-२ को बराबरी खेले ।
