मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगितामा टाँडी स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ ।

मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा हिमालयन फुटबल क्लबलाई १-० गोलले स्तब्ध पार्दै टाँडी उपाधि नजिक पुगेको हो ।

टाँडीको जितमा यम राईले निर्णायक गोल गरे । यम नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ट्रफीसाहित नगद एक हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बिहिवार कालिदह एफसी र कसेनी एफसीका बीच दोस्रो सेमिफाइनल खेल हुनेछ । कालिदह फुटबल क्लबको आयोजनमा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागीता रहेको थियो ।

चैत्र ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ३३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *